नेपालमा कोरोनाका कारण मृत्यु हुनेदर २ प्रतिशत नजिक, ३५ जना भेन्टिलेटरमा भर्ना



Download our app to get more features

काठमाडौं, २ वैशाख । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर बढेसँगै मृत्यु हुने दर पनि बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शून्यमा झरेको कोरोनाको मृत्यु दर पछिल्लो समय फेरी बढ्दै गएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत २४ घन्टामा थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका काण मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ९ प्रतिशत हो ।

यस्तै हाल नेपालभर रहेका सक्रिय संक्रमितमध्ये ४ सय ९० जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् भने ३ हजार ८ सय ९४ जना होम आइसोलेसनमा छन् ।

संक्रमित भएकामध्ये देशभर ९१ जना आईसीयूमा उपचाररत रहेका छन् भने ३५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ । 

Last modified on 2021-04-16 07:59:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts