नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार नाघ्यो, ९७ प्रतिशतमा झर्यो निको हुनेदर
काठमाडौं, २ वैशाख । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ८२ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ८२ हजार नाघेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ३ हजार ५ सय ८८ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ४ सय ९० र ५ सय ६४ एन्टीजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप १ सय ५७ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ ला ७द्ध हजार ६ सय ४ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ४ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ८४ रहेको छ भन ६८ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।