कोरोनाको विभिन्न प्रकार देखिएसँगै मन्त्रालयले जारी गर्यो ८ बुँदे अपिल
के के छन् अपिलमा ?
काठमाडौं, २ वैशाख । सरकारले मुलुकमा बढ्दो कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सबै निकायलाई सचेत रहन अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना संक्रमणको विभिन्न स्वरुप फैलिएको भन्दै त्यसले आउने दिनमा जोखिम बढी निम्तिन सक्ने भएकाले सम्बन्धीत सबै निकायलाई सचेत र सतर्क रहन अपिल गरेको हो ।
मन्त्रालयले जारी गरेको अपिलमा आउने केही समय सबैका लागि संवेदनशील र चुनौतीपूण हुन सक्ने भएकाले सम्बन्धीत सबै निकाय जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ ।
८ बुँदे अपिलमा मन्त्रालयले सबै अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्न, गर्भवति, बालबालिका, सुत्केरी, वृद्धवृद्धाको कोरोना परीक्षणलाई प्राथमिकतामा राख्न, कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले तोकेका जनस्वास्थ्यका माण्डदण्ड कडाइका साथ पालना गर्न र गराउन तथा मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने बुझेर जिम्मेवार बनिदिन अपिल गरेको छ ।
यस्तै नियमित रुपमा अस्पतालहरुमा सेवा लिन आइरहेका सेवाग्राहीहरुलाई कोभिड १९ संक्रमण पुष्टि भएका आधारमा मात्रै अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख हुन कामहरु नगर्न पनि मन्त्रालयले अपिल गरेको छ ।
यस्तो छ मन्त्रालयले जारी गरेको अपिलः