कोरोना बीमा दाबी भुक्तानी ६० हजारभन्दा बढीले पाए
काठमाडौं, २ बैशाख । कोरोना बीमा दाबी बापत हालसम्म ६० हजार ५ सय ८७ जनाले भुक्तानी पाएका छन्। हालसम्म कोरोना बीमामा ९१ हजार ६ सय ७३ जनाले दाबीका लागि आवेदन दिएको बिमा समितिको तथ्यांक छ।
चैत ३० सम्म कोरोना बीमा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको बीमा समितिले जनाएको छ।
बीमा दाबी बापत आवेदन दिनेमध्ये ६ सय ६६ जनाले भने रकम नपाउने भएका छन्। नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाले दाबी रकम नपाउने समितिले जनाएको छ।
कोरोना बीमासम्बन्धी मापदण्डअनुसार साढे ३ अर्बभन्दा बढीको दाबी भुक्तानी सरकारी कोषबाट हुन्छ।
Last modified on 2021-04-15 12:01:26