नेपालमा सक्रिय संक्रमितको संख्या बढ्दै, थपिए ६ सय ३ नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, १ वैशाख । नेपालमा गत २४ घन्टामा थप ६ सय ३ जनामा कोरोना भाइरसको संत्र,मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार २ सय ८९ आरटी पिसिआर परीक्षण गर्दा ४ सय ५१ र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ८१ हजार ५ सय ८७ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ४ सय ४७ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ५ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६ रहेको छ भने ७९ जना क्वारेन्टाइनमा रहेका छन् । 

यस्तै सक्रिय संक्रमितमध्ये ४ सय ५७ जना संस्थागत आइसालेसनमा रहेका छन् भने ३ हजार ५ सय ९९ जना होम आइसोलेसनमा रहेका छन् ।

संक्रमितमध्ये ८० जना आईसीयूमा उपचाररत छन् भने २५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

Last modified on 2021-04-17 13:30:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts