कोरोना महामारीको जोखिम कायमै रहेकाले यो वर्षपनि सतर्क रहन जरुरीः प्रधानमन्त्री ओली
काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् ।
नयाँ वर्षको अवसरमा देश व्यापीको नाममा सम्बोधन गर्दै उनले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताए ।
उनले अर्थतन्त्रभन्दा पनि नागरिक जीवन पहिलो प्राथमिकतामा पर्ने भएकाले नीतिगत व्यवस्था गरेर बाध्यात्मक अवस्था आए मात्रै कडाई गरिने पनि बताए ।
उनले २०७७ साल कोभिड महामारीको असरसँगै राजनीतिक अस्वस्थताको वर्ष भएपनि त्यो निरर्थक नभएको र पनि केही उपलब्धी हासिल भएको उल्लेख गरे ।
कोभिड महामारीबारे २०७७ सालको पीडा त्यही रूपमा दोहोरिन नपाओस् भनेर यो वर्ष समेत नागरिकहरू सजग हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले महामारीबीच सरकारको सही नीतिकै कारण देश असफल नभएको दावी पनि गरे ।
Last modified on 2021-04-17 13:30:09