गत २४ घन्टामा १३ जनाको कोरोनाका कारण मृत्यु, ९२ जना आईसीयूमा भर्ना



Download our app to get more features

काठमाडौं, ३० चैत । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर १ प्रतिश नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २३ जनाको मृत्यु भएको छ । 

मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार गत २४ घन्टामा प्राप्त मृत्यु संख्या १३ रहेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव १ प्रतिशत हो ।

यस्तै हाल नेपालभर ९२ जना आईसीयूमा भर्ना भएका छन् भने १५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ५६ जना होम आइसोलेसनमा रहेका छन् भने ४ सय ५० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Last modified on 2021-04-13 07:17:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts