कोरोनाको दोस्रो लहर सुरु भएपनि जनस्वास्थ्यका मापदण्ड लागू नहुनु चिन्ताजनकः सीसीएमसी



Download our app to get more features

काठमाडौं, २९ चैत । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले शैक्षिक संस्था बन्द गर्नका लागि सरकारलाई सिफारिस गर्ने भएको छ । 

बैठकले पछिल्लो समय मुलुकमा बढ्दो कोरोना संक्रमणको दरलाई ध्यानमा राखी उत्पन्न हुन सक्ने अवस्थाको आँकलन गर्दै केहि समयका लागि शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सीसीएमसीले गरेको सिफारिसको आधारमा शिक्षा मन्त्रालयले भोलि छलफल गर्ने भएको छ । हुन त शैक्षिक संस्था बन्द गर्न सिफारिस गरिएपनि विकल्पको रुपमा मात्रै रहेको बताइएको छ ।

सीसीएमसीका प्रवक्ता खगराज बरालले कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा जनस्वास्थ्यका मापदण्ड पालना नभएको निष्कर्ष बैठकबाट निकालिएको बताए । 

शनिबार बसेको सीसीएमसीको बैठकले नेपालमा कोरोनाको दोस्रो लहर प्रवेश गरेपनि स्वास्थ्य मापदण्ड पालना हुन नसकेको निष्कर्ष निकालेको उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सीसीएमसीको बैठकमा मन्त्रीहरूले कोरोना संक्रमण भित्रभित्रै धेरै बढिसके पनि स्वास्थ्य मापदण्ड कडाईका साथ पालना हुन नसकेको विषयमा चिन्ता व्यक्त गरेको पनि बरालले बताए ।

लकडाउन गर्ने, शैक्षिक संस्था, सिनेमा हललगायत बन्द गर्ने विषयलाई दोस्रो विकल्पका रूपमा राखिएको भन्दै बरालले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरे ।

Last modified on 2021-04-13 07:16:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts