बैतडीको दशरथचन्द नगरपालिकाले आइशोलेसन सेन्टर बनाउने



Download our app to get more features

बैतडी, २८ चैत । बैतडीकोदशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइशोलेसन सेन्टर बनाउने भएको छ । 

विरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा उक्त निर्णय भएको उनले बताए ।

झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको संक्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइशोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको उनले बताए ।

यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिकमध्ये कोहीमा कोरोना संक्रमण देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ, भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ ।

Last modified on 2021-04-10 16:47:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts