भक्तपुरका स्थानीयलाई घरघरमै स्वास्थ्यसामग्री



Download our app to get more features

भक्तपुर, २७ चैत ।  भक्तपुर नगरपालिकाले बिस्केट जात्रा नजिकिएसँगै घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण सुरु गरेको छ।

जात्राबाट कोरोना संक्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण सुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए। नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको हो।

संघीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ संक्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको हो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts