सेवा प्रवाह गर्ने क्रममा समस्या भए ११३३ मा सम्पर्क गर्न मन्त्रालयको अनुरोध
काठमाडौं, २६ चैत । सरकारले सेवाग्राही सर्वसाधारणलाई सेवा प्रवाह गर्ने क्रममा कुनै समस्या भए तत्काल समाधान गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कुनैपनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सेवा प्रदायकबाट कुनै त्रुटी भएमा मन्त्रालयको हटलाईन नम्बर ११३३ मा सम्पर्क गर्न भनेको छ ।
साथै [email protected] मा पनि मेल गरेर गुनासो गर्न सकिन्छ ।
मन्त्रालयले बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म गुनासो गर्न सक्ने समय पनि तोकेको छ ।
प्राप्त गुनासाहरुप्रति मन्त्रालयले गम्भीर रुपमा समन्वय गर्दै गुणतरीय सेवा प्रदान हुने व्यवस्था गर्ने साथै सम्बन्धीत निकायहरुसँगको समन्वयमा छानबिन गरी सेवा प्रदायक व्यक्ति वा संस्था दोषी पाइएमा प्रचलित नियमानुसार आवश्यक कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।