नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार नाघ्यो, सक्रिय संक्रमित १८ सय ३२



Download our app to get more features

काठमाडौं, २३ चैत । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप २ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार ५ सय ३६ पिसिआर परीक्षण गर्दा थप २ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १ सय २ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ३ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ रहेको छ ।  

Last modified on 2021-04-06 13:14:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts