पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. क्षेत्री र डा.रावल नियुक्त
काठमाडौं, २२ चैत । सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्च कमिटीको सिफारिसमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. जय बहादुर क्षेत्रीलाई नियुक्त गरेको छ ।
यसअघि स्वास्थ्य मन्त्री हृदयेष त्रिपाठीको संयोजकत्वमा गठित कमिटीले डा. क्षेत्रीको नाम एक नम्बर, डा. श्रीकृष्ण श्रेष्ठको दुई नम्बरमा र डा. भरतबहादुर कार्कीको तीन नम्बरमा नाम सिफारिस गरेको थियो ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. मंगल रावललाई नियुक्त गरिएको छ । सर्च कमिटिले गरेको सिफारिसको आधारमा प्रधानमन्त्री ओलीले रावललाई नियुक्त गरेका हुन् । सिफारिसमा परेका तीन जनामध्येबाट पहिलो नम्बरमा परेका डा रावललाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।