नेपालमा थप १ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, २२ चैत । नेपालमा थप १ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जसनंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ४ सय ५६ पिसिआर परीक्षण गर्दा थप १ सय ७६ जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ३ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७२ रहेको छ । जसमा २ सय ५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १ हजार ४ स य १९ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै हाल देशभरका आइसीयूमा ४७ जना उपचाररत रहेकोमा ११ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

Last modified on 2021-04-04 19:15:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts