सुदूरपश्चिममा भित्रियो ‘नयाँ प्रकारको कोरोनाभाइरस, ३ जना संक्रमित
धनगढी, २१ चैत । सुदूरपश्चिम प्रदेशमा ३ जनामा नयाँ प्रकारको कोरोना भाइरस (न्यू भेरिएन्ट) पुस्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक÷एक जनामा संक्रमण पुस्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।
‘हामीले नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौं’ उनले भने, ‘ती मध्ये ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको छ ।’
कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइशोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Last modified on 2021-04-04 08:57:43