विश्व अटिजम दिवस

आज विश्व अटिजम जनचेतना दिवस मनाइँदै



Download our app to get more features

काठमाडौं, २० चैत । आज १४ औँ विश्व अटिजम जनचेतना दिवस मनाइँदैछ ।

अटिजम जन्मजात हुने एक विशेष खालको अपाङ्गता हो । अटिजमका लक्षण जन्मिएको तीन वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिने फिजियोथेरापिस्ट एवम् अटिजम केयर नेपाल सोसाइटीका प्रशासकीय प्रमुख सुरेन्द्र बज्राचार्यले बताए । उनका अनुसार अटिजम भएका बालबालिकाहरुले आत्म केन्द्रीत व्यवहार देखाउँछन् ।

झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाहरुले अरुलाई वास्ता नगर्ने हुन्छन् । अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ । समयमा नै उपचार गराउन सके उनीहरुको वृत्तिविकासमा सहयोग पुग्ने बज्राचार्यले बताए । 

बालबालिकाले अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै व्यवहार लगातार दोहोर्याइरहने, अरूसँगै घुलमिल नहुने जस्ता समस्या बालबालिकाले देखाए तुरुन्त परामर्शमा जानु पर्छ ।   अटिजमको कुनै औषधि नभएकाले बालबालिकाको वृत्ति विकासका लागि अभिभावकले नै वातावरण बनाउनु पर्दछ । 

Last modified on 2021-04-04 08:53:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts