वैशाख ७ गतेदेखि कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाइने

यस्तो छ, दोस्रो मात्राको खोप लगाउने तालिका



Download our app to get more features

काठमाडौं, २० चैत । बागमती प्रदेश सरकारले कोरोना विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि वितरण गर्ने भएको छ ।

बागमति प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लिने विषयमा सूचना जारी गर्दै तालिका नै सार्वजनिक गरेको छ ।

निर्देशनालयले माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोपको पहिलो मात्रा लिएका सबै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका पदाधिकारी तथा सो निकायका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारी लगायतलाई २०७८ वैशान ७ गतेदेखि चरणवद्ध रुपले दोस्रो मात्राको खोप लगाउने अभियान सुरु हुने बताएको छ ।

दोस्रो मात्राको खोप अभियानका लागि पहिलो मात्राको खोप लगाएको खोप केन्द्रमा गएर खोप लगाउन सकिने पनि निर्देशनालयले जनाएको छ ।

यस्तो छ, दोस्रो मात्राको खोप लगाउने तालिकाः

 

Last modified on 2021-04-04 08:53:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts