नेपालमा बढ्न थाल्यो कोरोनाको सक्रिय संक्रमितको संख्या, थपिए १ सय ५२ नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, १९ चैत । नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ रहेको छ । यो संख्या बुधवारको भन्दा ८९ ले बढी हो । बुधवार देशभर सक्रिय संक्रमितको संख्या १४ सय ९३ रहेको थियो ।

यस्तै गत २४ घन्टामा थप १ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार २ सय १३ पिसिआर परीक्षण गर्दा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित थपिएसँगै  नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । 

यस्तै गत २४ घन्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ३ प्रतिशत हो ।

गत २४ घन्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

Last modified on 2021-04-04 08:55:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts