नेपालमा कोरोना संक्रमणमुक्त हुने दर घट्यो, थपिए १ सय ६२ नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, १८ चैत । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर पछिल्लो समय घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिनाअघि निको हुने दर ९९ प्रतिशत नजिक पुगेकोमा हाल आएर त्यो दर ९८ दशमलव ४ प्रतिशतमा झरेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार गत २४ घन्टामा जम्मा ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो दर कुल संक्रमितको ९८ दशमलव ४ प्रतिशत हो ।

यस्तै थप १ सय ६२ जनामा कोरोना भाइरसको संक्रमणम पुष्टि भएको छ । गत २४ घन्टामा ३ हजार ९ सय १९ पिसिआर परीक्षण गर्दा थप १ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख  ७७ हजार ३ सय ९ पुगेको छ । 

यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९३ रहेको छ भने ५९ जना क्वारेन्टाइनमा रहेका छन् । जबकी गत २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

Last modified on 2021-03-31 19:57:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts