सरकारले महामारीजन्य रोगको पहिचानका लागि खटाएको स्थानमा नगए कारबाही गरिने



Download our app to get more features

काठमाडौं, १८ चैत । सरकारले महामारीजन्य रोगको पहिचान र निराकरणका लागि खटाएको स्थानमा नगएका कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य सेवा विभागले भारत र चीनसँग जोडिएका सिमा नाकामा खटाइएका स्वास्थ्यकर्मीलाई ३ दिनभित्र सम्पर्कमा आउन र खटाइएको स्थानमा जान भनेको छ । साथै तीन दिनभित्र सम्पर्कमा नआउनेलाई विभागले कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

विभागले मंगलबार सूचना जारी गर्दै खटाइएको स्थानमा समेत सम्पर्कमा नआएका र कामकाजमा नजाँदा दैनिक कार्यमा अवरोध आएको भन्दै ४८ जना मध्ये ३० जना स्वास्थ्यकर्मीलाई खटाइएको स्थानमा जान तीन दिनको समय दिएको हो ।

विभागले सीमा नाकाका हेल्थ डेस्कमा काम गर्ने गरी गत ९ पुसमा ४८ जना स्वास्थ्यकर्मीलाई खटाइएको थियो । तीमध्ये ३० जना स्वास्थ्यकर्मी खटाइएको स्थानमा सम्पर्कमा नआएको विभागको भनाइ छ ।

यस्तो छ खटाइएका कर्मचारीको विवरणः

Last modified on 2021-04-01 08:28:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts