सुदूरपश्चिममा कोरोना फैलिँदै कोरोना 



Download our app to get more features

धनगढी, १७ चैत । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ। छिमेकी भारतमा दैनिक ६८ हजार कोरोनाका संक्रमित फेला परिरहेका बेला सुदूरपश्चिममा पनि भारतबाट फर्किनेमा संक्रमण पुष्टि हुन थालेको हो। 

चैत ९ गतदेखि हालसम्म एक हप्ताको अवधीमा प्रदेशभर ४९ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति रहेको स्वास्थ्य कार्यालयहरुले बताएका छन्। चैत ९ गते पीसीआर विधीबाट गरिएको परीक्षणमा कञ्चनपुरका १ जना, १० गते २ जना, ११ गते ५ जना, १२ गते ३ जना, १३ गते ३ जना, १४ गते १३ जना (पीसीआर विधिबाट ३ जना, एन्टीजेन विधीबाट १० जना) मा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै चैत १५ गते एन्टीजेन विधीबाट ४ जना, १६ गते पीसीआर विधीबाट गरिएको परीक्षणमा ९ जना र मंगलबार पनि पीसीआर विधीबाटै गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका मध्ये ५ जना कञ्चनपुरको महाकाली अस्पताल र ४ जनाको सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचार भइरहेको छ। तर अन्य ४० जना भने होम आइसोलेसनमै बसिरहेका छन्। 

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले प्रारम्भीक अवस्था हेर्दा संक्रमण झनै फैलिने सम्भावना देखिएकाले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले अहिले भारतबाट आउनेहरुमा संक्रमण देखिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्न सुझाव दिएका छन्।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts