बाजुराको एक विद्यालयका २ सय बढी विद्यार्थी बिरामी
बाजुरा, १७ चैत । बाजुराको बुढीगंगा नगरपालिका–१ मा रहेको धुरालसैन माध्यमिक विद्यालयका विद्यार्थी बिरामी परेका छन्। ५ दिनयता २ सय बढी विद्यार्थी बिरामी परेको विद्यालयले जनाएको छ।
विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, बान्ता र टाउको दुख्ने समस्या देखिएको विद्यालयमा उपचार तथा चेकजाँचमा पुुगेकी अहेब ताराकुमारी खत्रीले जानकारी दिइन्।
विद्यालयले बिरामी परेका विद्यार्थीलाई घर पठाइने गरेको जनाएको छ।
विद्यार्थी बिरामी भएको जानकारी आएपछि नगरपालिकाबाट स्वास्थ्यकर्मीको टोली औषधीसहित विद्यालयमा पठाएको बूढीगंगा नगर प्रमुख दीपकविक्रम शाहले बताए।