'म्याचिङ्ग'बाट निकालिएकाहरुको सूची पुन: निकाली भर्ना प्रक्रियामा भाग लिन दिनू: सर्वोच्च



Download our app to get more features

काठमाडौं, १६ चैत । सर्वोच्च अदालतले स्नातकोत्तर एमडी र एमएसको नतिजामा दुर्गम अंकभारको फारम भर्नमा गल्ती भएका चिकित्सकहरुलाई पुन म्याचिङ्गमा भाग लिन अवसर दिनु भन्ने आदेश दिएको छ ।

डा. प्रनिता राजभण्डारी, डा. सफलतादेवी कोजु लगायतले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाइ पेश गरेको मुद्दामा सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गर्दै चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम १६ र अनुसूची ५ बमोजिम अनुभव र दुर्गम सेवा गरेवापत के कति अंक पाउनुपर्ने हो हेरि सो अंक प्रदान गरि निवेदकहरुको योग्यताक्रमको सुची पुन प्रकाशित गरि हाल स्थगित म्याचिङ्गमा योग्यताक्रमको आधारमा अध्ययनको अवसर प्रदान गरि प्रक्रिया टुंगाउनु भन्ने आदेश रहेको छ ।

Last modified on 2021-03-30 12:03:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts