स्वास्थ्यका १५०० बढी स्वास्थ्यकर्मीको समायोजन



Download our app to get more features

काठमाडौं, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५०० बढी स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलानको सूची सार्वजनिक गर्दै त्यसको जानकारी दिएको हो। मिलानको पत्र मन्त्रालयको वेभसाइटमा राखिएको छ। 

समायोजन मिलानका लागि २ हजार ७ सय भन्दा बढीले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये केहीको प्रक्रिया नपुगेको र केहीको कागजपत्र नपुगेको भन्दै १५ सय ५२ जनाको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ।   

 ५ सय जति स्वास्थ्यकर्मीको प्रक्रिया नपुगेको र ६ सय बढी स्वास्थ्यकर्मीको पुरा कागजात नपुगेको रहेको मन्त्रालयले जनाएको छ । 

Last modified on 2021-03-29 16:13:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts