बाजुरामा अवैध रुपमा सञ्चालन भएको एक मेडिकल शिल
बाजुरा, १५ चैत । बाजुराको बुढीगंगा नगरपालिका–८ बेतालमाण्डौमा रहेको एक मेडिकललाई शिल गरिएको छ। अवैध रुपमा मेडिकल चलाएको भन्दै बेतालमाण्डौमा लक्ष्मण पुरीले सञ्चालन गरेको मेडिकलाई शिल गरीएको हो।
जिल्ला प्रशासन कार्यालय बाजुराको टोलीले अनुगमन गर्दा अवैधानिक तरिकाले मेडीकल सञ्चालन गरेको देखिएको र सो मेडिकल शिल गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।
लामो समयदेखि कानुन भन्दा बाहिर गएर मेडिकल सञ्चालन गरेको भन्दै जिल्ला प्रशासनको अनुगमन टोलीले बन्द शलि गरेको प्रजिअ गैह्रेले बताएका छन्।