डडेल्धुराको नवदुर्गामा पहिलो पटक एमबीबीएस डाक्टर
डडेल्धुरा, १५ चैत । डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ डाडाँवनमा चिकित्सकिय सेवा शुभारम्भ भएको छ।
चिकित्सकिय सेवा शुभारम्भ पश्चात बिरामीहरूलाई सहज हुने गाउँपालिका अध्यक्ष कवीन्द्र बिष्टले बताए। उनले नवदुर्गा र गन्यापधुरा गाउँपालिकाका बिरामीहरूलाई सहज हुने बताए।
नवदुर्गा स्वास्थ्य चौकिबाट अब एमबीबीएस डाक्टर प्रभाकर यादवले बिरामीको चेकजाँच गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा उपसंयोजक दिपेन्द्र बिष्टले बताए। उनका अनुसार गाउँपालिकामा पहिलो पटक एमवीवीएस डाक्टरले सेवा दिन थालिएको हो।
उनी स्वास्थ्य चौकीबाट भिडियो एक्सरे, प्रयोगशाला जाँच र एक्सरे लगायतका सेवा प्रदान गरिने बताउँछन्। गाउँपालिकाले नवदुर्गामा १५ शैयाको अस्पताल निर्माण गर्ने भएको छ। स्थानीय स्तरमै एमवीवीएस डाक्टर पाएपछि उपचारका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको भन्दै स्थानीय हर्षित भएका छन्।