देशभर थपिए ८५ जना कोरोना संक्रमित, तीन जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, १४ चैत । पछिल्लो २४ घण्टामा देशभर थप ८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भने देशभरबाट थप ९३ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३७, भक्तपुरमा ५ र ललितपुरमा ८ जना गरी उपत्यकामा ५० जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ७४५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ८५ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको छ । 

त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८८ रहेको छ । क्वारेनटिनमा ५९ जना रहेका छन् । 
यस्तै, गएको २४ घण्टामा थप तीन जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।

Last modified on 2021-03-28 08:21:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts