बाजुराको  हिमाली गाउँपालिकामा एकदिने निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न



Download our app to get more features

बाजुरा , १४ चैत । बाजुरा जिल्लाको विकट हिमाली गाउँपालिका एकदिने निशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरा कार्यालयको आयोजनमा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो। 

दुर्गम जिल्ला बाजुराका एक मात्र आयुर्वेद चिकित्सक डा. अच्युत शाली घिमिरेको विशेष पहलमा दुर्गम ठाउँ निःशुल्क शिविर भएको हो । डा. घिमिरे बाट नै निशुल्क स्वास्थ्य परिक्षण गरिएको उक्त शिविरमा हाडजोर्नी,अम्ल पित्त,स्वास कासका बिरामीहरु बढि आएका थिए।
 शिविरमा बाथरोग, पाइल्स,फिसर, पिनास,महिलाहरुको सेतो पानी बग्ने, तल्लो पेट दुख्ने,छाला सम्बन्धी, पत्थरी आदि रोगहरुको चेकजाँच गरि निःशुल्क आयुर्वेदिक औषधि बितरण गरिएको थियो।
एक दिनको शिविरमा कुल ५७३ जना मानिसले सेवा लिएका थिए। जसमा ३०७ जना पुरुष र २६६ जना महिला थिए।आयुर्वेद चिकित्सा प्रति विश्वास भएर नै मानिसहरु दुई तिन दिन हिंडेरै भए पनि बिछ्या,रुगिन,खत्याडा९मुगु०,धिमे,बाँधु,स्वामीकार्तीक,पाण्डुसेन जस्ता दुर्गम भेगबाट शिविरका लागि भनेरै आएका थिए।

काठमाडौंबाट आफ्नो पढाई सिद्दिने बित्तिकै विकट भूगोल बाजुरा पुगेका आयुर्वेद चिकित्सक डा. घिमिरेले आफ्नो आफूलाई  बिरामी सञ्चो भएर खुशी हुँदा जत्ति आनन्द कहिल्यै नआउने र त्यही खुशी खोज्न सुख सुविधा छोडेर बाजुरा आएर दिन दुखीहरुको सेवामा तत्पर भएको कुरा बताए। जनतालाई आयुर्वेद चिकित्सा प्रणाली प्रति विश्वास छ, तर प्रचारप्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदतिर आर्कषण घटेको हो डा. घिमिरेले भने । 

कार्यक्रममा बोल्दै गाउँपालीकाका उपाध्यक्ष बुढाले आयुर्वेदिक चिकित्साको उपयोगिताको बारेमा बताउँदै जनमानसले यस्को प्रयोगमा बृद्धि गर्नु पर्ने बताए । साथै  छिट्टै गाउँपालीकामा आयुर्वेद औषधालयको स्थापना गर्न पहल गर्ने समेत बताए । धेरै मान्छेले यसबाट लाभ लिन सक्ने कुरा बताउनु हुँदै यसको साइड इफेक्ट नभएकाले सबैले यसको बारेमा प्रचार प्रसार गरी प्रयोगमा बृद्धि गर्नु पर्ने मा जोड दिए । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts