भारतबाट फर्किएका धागढीका २ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, ९ चैत । भारतबाट फर्किएका धनगढी उपमहानगरपालिकाका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा दुवैजनामा संक्रमण पुष्टि भएको हो ।
२१ जनाको कोरोना परीक्षण गर्ने क्रममा धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय पुरुष र धनगढी–१ का ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार ती दुवै पुरुषलाई अहिले कोभिड अस्थायी अस्पतालमा अक्सिजन सपोर्टमा राखिएको छ ।
ती दुवैमा देखिएको कोरोनाको प्रकार भारतमा देखिएको नयाँ वा पूरानो कुन हो ? भनेर पुष्टि भने भएको छैन ।
Last modified on 2021-03-24 06:48:09