पिसिआर परीक्षण बढेसँगै नेपालमा कोरोना संक्रमितको दरपनि बढ्दै, थपिए १ सय ८८ नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, १० चैत । नेपालमा पछिल्लो केहीदिन यता कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या बढ्न थालेको छ ।

पिसिआर परीक्षणको दर बढेसँगै नेपालमा संक्रमित थपिने दरपनि बढ्दै गएको हो । यस्तै कोरोना संक्रमणपछि निको हुने संख्या भने पछिल्लो समय घट्दै गएको छ । 

यसै क्रममा गत २४ घन्टामा १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार ३२ पिसिआर परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ५ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ भने गत २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।
 

Last modified on 2021-03-23 20:14:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts