बैतडीको झुलाघाट नाकामा ‘एन्टीजेन’ विधिबाट कोरोना परीक्षण गरिने
बैतडी, १० चैत । छिमेकी देश भारतमा कोरोनाको दोश्रो लहर फैलिसँगै सुदूरपश्चिममा पनि सतर्कता अपनाइन थालिएको छ ।
सोही अनुसार बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको सीमा नाकामै कोरोना परीक्षणको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
सीमा नाकाबाट फर्कने नागरिकको एन्टीजेन विधिबाट कोरोना परीक्षणको तयारी भएको उनले बताए । सीमा नाकामा रहेको हेल्थ डेस्कमार्फत कोरोना परीक्षणको व्यवस्था गरेको उनको भनाई छ ।
सीमा नाका झुलाघाटमा रहेको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि एकजना प्रयोगशालाकर्मी खटाईसकेको स्वास्थ्य प्रमुख भट्टले जानकारी बताए ।
एन्टीजेन विधिबाट कोरोना परीक्षणका लागि ५ सय कीट जिल्लामा आइपुगेको स्वास्थ्य कार्यालयल जनाएको छ ।
Last modified on 2021-03-23 20:15:38