भारतबाट फर्किएका कञ्चनपुरका १ जनालाई कोरोना संक्रमण पुष्टि



Download our app to get more features

धनगढी, ९ चैत । भारतबाट फर्किएका कञ्चनपुरका १ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा सोमबार गरिएको परीक्षणका क्रममा जिल्लाको पुनर्वास नगरपालिका–५ का ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले ती सोमबार गरिएको पिसिआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको जानकारी दिईन् ।  

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले फागुन २९ गते भारतको महाराष्ट्रबाट फर्किएका ती पुरुषमा लक्षण देखिएपछि परीक्षण गराउँदा संक्रमण पुष्टि भएको बताए । 

उनकाअनुसार ती पुरुषको अहिले कोभिड अस्थायी अस्पतालमा उपचार भइरहेको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिइएको छ । ती पुरुषमा देखिएको कोरोनाको प्रजाति भारतमा देखिएको नयाँ वा पूरानो कुन हो ? भनेर पुष्टि भने भएको छैन । 

तर अधिकारीहरुले भने पुरानै भाइरस भएको हुनसक्ने अनुमान गरेका छन् । सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही समय कोरोना भाइरसको संक्रमण शून्य रहेको थियो । तर भारतबाट कोरोनाको दोस्रो देखिन थालेपछि सुदूरपश्चिममा पनि भारतबाट फर्किनेहरुमा संक्रमण पुष्टि हुन थालेको हो । 
 
कोरोनाको दोस्रो लहर फैलिने जोखिम भएका स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्न स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन् ।

Last modified on 2021-03-23 15:20:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts