भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालमा पनि सतर्कता, भिडभाडयुक्त गतिविधिमा रोक



Download our app to get more features

काठमाडौं, ८ चैत । सरकारले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भिडभाड हुने गतिविधिमा रोक लगाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पछिल्लो समय छिमेकी मुलुकसहित विश्वका विभिन्न देशहरुमा कोरोना संक्रमणको दर बढ्दै गएकोले नेपालमा पनि सतर्कता अपनाउन भन्दै भिडभाड हुने गतिविधिमा रोक लगाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतसहित विश्वका विभन्न मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गएको र नेपालमा पनि कोरोना संक्रमणको दर बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायतका काममा रोक लगाइएको बताए ।

उनले भौतिक दुरी कायम गर्न, स्यानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै सरकारले यसअघि तोकेका जनस्वास्थ्यका मापदण्ड कडाईंका साथ पालना गर्न पनि सबैलाई आग्रह गरे ।

नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको र भारतसँगको खुला सीमानाका कारण जोखिम उच्च हुने भएकाले हाललाई भिडभाडयुक्त गतिविधि नगर्न नगराउन भनिएको पनि डा. गौतमले उल्लेख गरे ।

Last modified on 2021-03-23 15:18:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts