तीन प्रतिष्ठानको उपकुलपतिका लागि प्रारम्भिक सूचीमा ३१ उम्मेदवार
काठमाडौं, ८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन प्रतिष्ठानको उपकुलपतिको सिफारिसका लागि उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरेको छ । मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि आवेदन दिएका २१ मध्ये १३ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य प्रतिष्ठानमा आवेदन दिएका १२ १२ जनामध्ये ९(९ जनाको नाम निकालेको हो ।
योग्यता, अनभव तथा व्यवसायिक कार्य योजनासमेतको प्रारम्भिक छानविनका आधारमा नामावली सिफारिस गर्नका लागि प्रारम्भिक सूची प्रकाशन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उपकुलपति नियुक्तिको लागि स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएको छ । मन्त्रालयले उपकुलपति पदका लागि फागुन २४ गते आवेदन खुलाएको थियो ।
Last modified on 2021-03-23 15:17:59