विभागमा दर्ता नभएको औषधि प्रयोगमा रोक



Download our app to get more features

काठमाडौं, ८ चैत । औषधि व्यवस्था विभागमा दर्ता नभएको नक्कली औषधिको प्रयोगमा रोक लगाइएको छ ।

अनुगमनका क्रममा संकलन गरिएको नियोलोर लोराजेपाम इन्जेक्सन आइपि नामक औषधिको नमुनाको राष्ट्रिय औषधि प्रयोगशालाले परीक्षण गर्दा उक्त औषधि हालसम्म दर्ता नभएको पाइएको विभागले जनाएको छ । 

साथै प्रयोगशालाले परीक्षणका क्रममा औषधिको लेवलमा उल्लेख गरेअनुसारको औषधिसमेत नरहेकाले उक्त औषधि नक्कली रहेको पाइएको बताएपछि विभागले विक्रि वितरण तथा प्रयोगमा रोक लगाएको जनाएको छ । 

उक्त औषधि भारतको न्यूओन ल्याब्रोटरीज लिमिटेड कम्पनीको उत्पादन हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts