भारतसँग सीमा जोडिएका नाकामा कडाई 



Download our app to get more features

काठमाडौं, ८ चैत । भारतमा कोरोना भाइरस संक्रमणको दर बढेसँगै सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको छ ।
इपीडीमीयोलोजीतथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार सीमा क्षेत्रको मुख्य नाकामा निगरानीलाई बढाइएको हो । त्यहाँ हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको छ ।

भारतको महाराष्ट्र, गुजरातलगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली स्वदेश गाउँ फर्किन थालेका छन् । यसले सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो ।

मुख्यगरी भारतसँगका १४ नाकामा निगरानी बढाइएको डाक्टर पौडेलले जानकारी दिए। उनका अनुसार गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको छ ।

Last modified on 2021-03-21 13:06:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts