सुदूरपश्चिमका ४ वटा सीमा नाकामा एन्टीजेन परीक्षण गर्न निर्देशन



Download our app to get more features

धनगढी, ७ चैत । भारतमा कोरोना संक्रमणदर बढ्न थालेपछि सुदूरपश्चिममा भारतसँग जोडिएका सिमा नाकाबाट फर्किने नागरिकहरुको एन्टीजेनबाट परीक्षण गर्न अनुरोध गरिएको छ । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले सुदूरपश्चिमका ४ वटा नाकाबाट स्वदेश फर्कने नागरिकहरुको एन्टीजेनबाट कोरोना परिक्षण गर्न निर्देशन दिएको हो ।

भारतका विभिन्न शहरहरुमा कोरोना रोगको दोश्रो लहर आउन थालेको र भारतले दोश्रो लहर देखा परेको शहरहरुमा लकडाउन लगायतका अन्य प्रभावकारी कदमहरु लागु गर्दै गएको छ । 

त्यसकारण सुदूरपश्चिम प्रदेशमा भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकाहरुमा ४ वटा नाकामा अनिवार्य एन्टीजेन परीक्षणको व्यवस्था मिलाउन अनुरोध गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले बताए ।

उनका अनुसार कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएको हेल्थ डेस्कबाट भारतमा काम गरेर फर्केका नागरिकहरुको अनिवार्य एन्टीजेनबाट परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।

आवश्यक एन्टीजेन किटको लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीसँग समन्वय गर्न आग्रह गरिएको छ । 

परीक्षणका क्रममा कोरोना पोजेटिभ भेटिएमा त्यस्ता व्यक्तिहरुलाई आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन हुन समेत अनुरोध गरिएको हो । 

Last modified on 2021-03-20 18:17:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts