चैत ७ गते 'राष्ट्रिय दाँत माज्ने अभियान' को सुरुवात गर्दै डेन्टल एशोसिएसन



Download our app to get more features

काठमाडौं, ५ चैत । नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एशोसिएसनले चैत ८ गते मुख स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठिको आयोजना गर्न लागेको छ ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बिहीवार पत्रकार सम्मेलन गरी एशोसिएसनले अन्तर्राष्ट्रिय गोष्ठीमा नेपालमा मुख स्वास्थ्यको अवस्था र सुधारका लागि पहल तथा विश्वमा मृुख स्वास्थ्यको अवस्था लगायतका विषयमा छलफल हुने बताएको छ ।

एशोसिएसनका अध्यक्ष माईकल  देबकोटाले सरकारले मुख स्वास्थ्यको क्षेत्रमा खासै चासो नदेखाएको र नेपालमा डेन्टिस्टहरुका लागि दरबन्दी समेत थप नगरेको गुनासो गरे ।

बंगलादेशको टोली नेपाल आइसकेको भन्दै अध्यक्ष देवकोटाले दन्त्य क्षेत्रमा काम गर्ने विज्ञहरुको सहभागितामा अन्तर्राष्ट्रिय मुख स्वास्थ्य गोष्ठि गरिने बताए ।

देवकोटाले नेपालमा हालसम्म दन्त्य र मुख स्वास्थ्यलाई केन्द्रीत गरेर एउटा पनि अस्पताल स्थापना नभएको हुँदा निजी क्षेत्रबाट नै यसलाई सचेतना फैलाउने उदेश्यकले अघि बढेको बताए ।

उनले चैत ७ गते माइतीघर मण्डलाबाट राष्ट्रिय दाँत माज्ने अभियानको थालनी गरिने पनि उल्लेख गरे ।

Last modified on 2021-03-18 17:57:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts