स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै खरिद निर्देशिका ल्याइँदै
काठमाडौं, ५ चैत । सरकारले स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै खरिद निर्देशिका ल्याउन लागेको छ ।
स्वास्थ्य सामग्री खरिद गर्नका लागि हाल रहेको सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गर्ने गरिएकोमा समस्या हुँदा सरकारले छुट्टै खरिद निर्देशिका ल्याउन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह सचिव दामोदर रेग्मीले स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै ऐन नहुँदा समस्या हुने गरेको हुनाले सरकारले खरिद निर्देशिका ल्याउन लागेको बताए ।
उनले एउटै सार्वजनिक खरिद ऐन हुँदा स्वास्थ्य जस्तो संवेदनशिल सामग्री खरिदका लागि समस्या हुने भएकाले अबको एक हप्तादेखि १० दिनभित्र खरिद निर्देशिका ल्याउन लागेको जानकारी गराए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा सरकारले स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै खरिद ऐन नहुँदा स्वास्थ्य क्षेत्रमा समस्या हुने भएको वक्ताहरुले बताएका थिए ।
कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनलले सरकारले स्वास्थ्य सामग्री खरिदका लागि छुट्टै ऐन नहुँदा स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएको र नेपालको स्वास्थ्य क्षेत्रमा निकै त्रुटीहरु देखिएको बताएको थियो ।