गत २४ घन्टामा १ सय ७ नयाँ संक्रमित थपिए, निको हुने दर घट्दै



Download our app to get more features

काठमाडौं, ५ चैत । नेपालमा गत २४ घन्टामा थप १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार २ सय ५४ पिसिआर परीक्षण गर्दा १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ६ सय १० पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ५ प्रतिशत हो । नेपालमा पछिल्लो समय कोरोना संक्रमणमुक्त हुने दर पछिल्लो समय घट्गै गएको छ ।

यस्तै गत २४ घन्टामा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ०९ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या एक हजार रहेको छ भने ५२ जना क्वारेन्टाइनमा रहेका छन् ।

Last modified on 2021-03-19 09:38:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts