बागमती प्रदेशका क्यान्सर बिरामीले उपचारमा १ लाख ५० हजारसम्मको सहुलियत पाउने



Download our app to get more features

काठमाडौं, ५ चैत्र । बागमती प्रदेश सरकारले आफ्नो प्रदेशका विपन्न क्यान्सर बिरामीको उपचारको लागि थप ५० हजार सहुलियत प्रदान गरेको छ । विपन्न क्यान्सर बिरामीको उपचार गर्न थप ५० हजार थपेर प्रदेश सरकारले यस्तो सेवा १८ वटा सरकारी तथा निजी अस्पतालहरुबाट सुरु गरेको छ । 

चालू आर्थिक वर्ष २०७७÷७८ मा ७ करोड ५० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले गत फागुनबाट नै सेवा सुरु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

यसअघि  संघीय सरकारले यसअघि क्यान्सर रोगको उपचार गर्न विपन्न नागरिकहरुलाई एक लाखसम्मको सहुलियत उपचार सेवा दिँदै आएको थियो । तर बागमती प्रदेश सरकारले संघीय सरकारले प्रदान गर्दै आएको १ लाखको सहुलियत उपचार सेवामा ५० हजार रुपैयाँ थप गरेको छ ।

सामाजिक विकास मन्त्रलायले क्यान्सर रोगको उपाचार गर्न सूचीकृत गरेको १८ अस्पतालमध्ये ३ वटा अस्पतालहरुसँग सम्झौता हुन बाँकी भएको जनाएको छ । ललितपुरको बीएण्डबी अस्पताल, भरतपुरको नेशनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटलसँगको सम्झौता प्रक्रियामा रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts