खोप आयातका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने
काठमाडौं, ५ चैत्र । सरकारले कोरोना भाइरस विरुद्धको खोप ल्याउन निजी क्षेत्रलाई पनि अनुमति दिने भएको छ । यसका लागि औषधि व्यवस्था विभागले आपत्कालिन प्रयोगका लागि खोप ल्याउन चाहने इच्छुक उत्पादक कम्पनीरआधिकारीक आयातकर्तालाई ७ दिनभित्र आवेदन दिन सूचित गरेको छ ।
औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता २०७७ को नियमभित्र रहेर आवश्यक कागजातसहित आवेदन गर्न आह्वान गरिएको छ । पुस २० गते मन्त्रिपरिषद्बाट स्वीकृत कोविड विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धि अवधारणापत्र अनुसार खोपको एक्स–फ्याक्ट्री मूल्य,ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरि बढीमा १० प्रतिशत मुनाफा राखी खोपको लागत र अन्तिम मुल्य खुलाई आवेदन दिन विभागले भनेको छ ।
आवेदन दिँदा प्रति खेपमा आपूर्ति गर्न सकिने परिमाण र सो को लागि लाग्ने समय पनि खुलाउने पर्ने जनाइएको छ । हालसम्म विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड एष्ट्रजेनेका, कोभिशिल्ड, फाइजर, आइएनएन लगायतका खोपलाई आपत्कालिन अनुमति दिएको छ ।
डब्ल्यूएचओद्वारा अनुमति प्राप्त यी खोप आयातका लागि आवेदन प्राप्त भएमा विभागले दर्तारआयात अनुमति प्रदान गर्न सकिने जनाएको छ ।