थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ९ जना भेन्टिलेटरमा उपचाररत
काठमाडौं, ४ चैत । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ७ सय ८१ पिसिआर परीक्षण गर्दा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख २ लाख ७५ हजार ५ सय १८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५ सय ५० पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ९ सय ५४ रहेको छ । जसमा १ सय ८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ७सय ६७ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ४९ जना क्वारेन्टाइनमा रहेका छन् ।
हाल कोरोनाका कारण संक्रमित भएकामध्ये ३५ जना आईसीयूमा उपचाररत छन् । जसमा ९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।