कोरोना महामारीले स्वास्थ्य सेवामा प्रभाव पर्दा दक्षिण एसियामा २ लाखभन्दा बढी शिशुहरुको मृत्यु



Download our app to get more features

बीबीसी, ४ चैत । कोरोना महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा २ लाखभन्दा शिशुहरुको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा कोरोना महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एसियामा आमा र शिशु गरी २ लाख ३९ हजारको मृत्यु भएको उल्लेख गरिएको छ ।

राष्ट्रसङ्घको प्रतिवेदन अफगानिस्तान, नेपाल, बाङ्ग्लादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा केन्द्रित छ ।

प्रतिवेदनले यी ६ देशमा थप २ लाख २८ हजार ५ वर्षमुनिका बालबालिकाको मृत्यु पोषणदेखि खोपसम्मका अत्यावश्यक सेवा रोकिएका कारणले भएको अनुमान गरिएको छ भने ११ हजार आमाहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

प्रतिवेदनले कोभिडका कारण स्वास्थ्य सेवामा परेको प्रभावले सबैभन्दा ठूलो असर महिला, बालबालिका र किशोरकिशोरीलाई परेको बताएको छ ।

दक्षिण एशियामा अहिलेसम्म एक करोड ३० लाख मानिसमा कोभिड देखिएको र १ लाख ८६ हजारको मृत्यु भएको छ ।

डाइरेक्ट एन्ड एनडाइरेक्ट एफेक्ट्स अफ कोभिड–१९ प्यानडेमिक एन्ड रेस्पोन्स इन साउथ एशिया नामक प्रतिवेदनका महामारीमा चालिएको सरकारी रणनीतिले स्वास्थ्य सेवा, शिक्षालगायतका सामाजिक सेवा र अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गरिएको छ ।

नेपाल र बाङ्ग्लादेशमा अति कुपोषणको उपचार गराइरहेको बालबालिकाको सङ्ख्यामा ८० प्रतिशतले कमी आएको बताएको छ ।

प्रतिवेदनमा चार लाख किशोरीसहित ३५ लाख महिलाहरू परिवार नियोजनका साधनमा पहुँच नपुगेका कारण गर्भवती हुनुपरेको बताइएको छ ।

Last modified on 2021-03-18 09:38:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts