नर्भिकमा उपचाररत पूर्व उद्योगमन्त्री जोशीको स्वास्थ्य जटिल अवस्थामा



Download our app to get more features

काठमाडौं, ४ चैत । नेपाली काँग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको निधनको खबर गलत र भ्रामक रहेको बताइएको छ ।

मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएको अस्पतालले बताएको छ ।

अस्पतालले आज बिहान ७ बजे विज्ञप्ति जारी गर्दै जोशीको उपचारमा हाल भेन्टिलेटरमा राखेर भइरहेको र स्वास्थ्य अवस्था थप जटिल बनेको जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा नेता जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेपनि स्वास्थ्य अवस्था भने चिन्ताजनक रहेको उल्लेख गरिएको छ । 

फागुन १४ गते मस्तिष्कघाट भएपछि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिकमा भर्ना भइ केही दिनको उपचारपछि जोशीको स्वास्थ्यमा सुधार आएपछि उनको भेन्टिलेटरको सपोर्ट बिना उपचार हुँदै थियो । 

तर, फेरी एकाएक स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको विज्ञप्तिमा भनिएको छ ।

साथै मृत्यु नै भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचारको पछि नलाग्न पनि अस्पतालले आग्रह गरेको छ ।

Last modified on 2021-03-17 15:34:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts