गत २४ घन्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जना आईसीयूमा
काठमाडौं, १ चैत्र । नेपालमा गत २४ घन्टामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ६ सय १५ पिसिआर परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित थपिएसँगै नेपालभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ८ सय ९१ रहेको छ । जसमा १ सय ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ६ सय ६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
गत २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।
हाल नेपालभर ३४ जना आइसीयूमा रहेका छन् ८ जना भेन्टिलेटरमा रहेका छन् ।