रुपन्देहीमा आजदेखि यी पालिकामा कोरोना विरुद्धको खोप लगाइँदै



Download our app to get more features

रुपन्देही, १ चैत्र । रुपन्देहीमा दोस्रो चरणको खोप अभियान आजबाट सुरु हुँदैछ ।

दास्रो चरणमा चैत्र १ गतेदेखि ३ गतेसम्म कोरोना विरुद्धको खोप लगाइने तयारी भएको छ ।

तिलोत्तमा नगरपालिका, देबदह नगरपालिका ओमसतिया गाउँपालिका लुम्बिनी सांकृतिक नगरपालिका कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका रोहीणी गाउँपालिका रहेका छन् ।

यसअघि, रुपन्देहीमा दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानको पहिलो चरणमा ८ पालिकाका १६ हजारभन्दा बढीले खोप लगाएका छन् ।

पालिकाका २६ हजार ८ सय २१ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य भएपनि १६ हजार १ सय ६० जना अर्थात् ६० दशमलव २५ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार बुटवल उपमहानगरपालिकामा ४७ सय १४, सैनामैनामा २५ सय १०, कञ्चनमा १२ सय १०, मायादेवीमा १५ सय ९५, गैडहवामा २ हजार ३९, शिद्धार्थनगर नगपालिकामा १३ सय ४२, सियारी गाउँपालिकामा १५ सय ११, सुद्धोधन गाउँपालिकामा, ११ सय ७५ गरि कुल १६ हजार १ सय ६० जना ६५ वर्षभन्दा माथिका नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । 

यस्तै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार रुपन्देहीका १६ पालिकामा रहेका ६५ वर्ष भन्दा माथिका ५२ हजार ६ सय ८७ जनालाई दुई चरणमा कोरोना विरुद्धको खोप लगाईने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीका अनुसार १६ वटा स्थानीय तहहरुमा २ चरणमा खोप लगाईने र त्यसका लागि ८३ खोपकेन्द्र ५ सय ५८ स्वास्थ्यकर्मी र २ सय ४६ स्वयमसेवक परिचालन गरिएको बताए ।

डा. गिरीले स्वास्थ्य केन्द्रमा खोप लगाउनेलाई अभिमुखीकरण गरिएको बताए । 

उनले विभिन्न चरण स्वास्थ्यकर्मिदेखि सञ्चारकर्मीसँग अभिमुखीकरण गरिएको बताए ।

खोप लगाएपछि हुनसक्ने अवान्छित घटनालाई मध्यनजर गर्दे १६ पालिकैमा चिकित्सक सहितको टोली व्यवस्थापन गरिएको बताए । 

उनले पहिलो चरणको खोप लगाएको १० देखि १२ हप्ताको फरकमा दोस्रो खोप लगाउनु पर्ने भएकोले वैशाखमा १४ हजार २ सय ९७ जना र दोस्रो चरण जेठमा लगाउन आग्रह गरेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts