ब्लड ग्रुप ‘ओ’ भएकाहरुमा हृदयघातको जोखिम कम, यी ब्लड ग्रुपमा जोखिम उच्च



Download our app to get more features

एजेन्सी, १ चैत्र । विश्वमा मानिसहरु विभिन्न रोगका कारण मृत्युको मुखमा पुग्ने गरेका छन् । विभिन्न प्रकारका रोगको समयमै पहिचान हुन नसक्दा पनि मानिसको अकालमै मृत्यु हुने गरेको छ । मानिसमा लाग्ने विभिन्न रोगहरुमध्ये मुटुरोगका कारण हुने मृत्यु पनि मुख्य मानिन्छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार वर्तमान अवस्थामा मुटुसँग सम्बन्धीत रोगबाट मानिसहरुको मृत्यु हुने सबैभन्दा ठूलो कारण बनेको छ । एक नयाँ अध्ययनका अनुसार जसको रगतको समूह ‘ओ’ अर्थात् ब्लड ग्रुप ‘ओ’ हुँदैन उनीहरुमा मुटुसँग सम्बन्धी रोग लाग्ने खतरा अत्याधिक हुन्छ ।

अमेरिकन हार्ट एशोसिएसन ‘मेडिकल जर्नल्स आर्टेरियोस्क्लेरोसिस, थ्रोम्बोसिस र भास्कुलर बायोलोजी’ मा प्रकाशित एक अध्ययनका अनुसार जुन मानिसको ब्लड ग्रुप ‘ओ’ हुँदैन उनीहरुमा हृदयघात हुने खतरा बढी हुन्छ । 

अध्ययनकर्ताहरुले ४ लाखभन्दा बढी मानिसहरुमा गरेको अध्ययनमा ‘ओ’ ब्लड ग्रुप भएकाहरुको तुलनामा ब्लड ग्रुप ‘ए’ वा ‘बी’ भएकाहरुमा हृदयघातको खतरा ८ प्रतिशत बढी हुने गरेको पाइएको छ । 

सन् २०१७ मा युरोपियन सोसाइटी अफ कार्डियोलोजीद्वारा एक अध्ययन गरिएको थियो । जसमा १३ लाखभन्दा बढी मानिसहरुलाई सहभागि गराइएको थियो । उक्त अध्ययनमा नन ‘ओ’ ब्लड ग्रुप अर्थात् जसको ब्लड ग्रुप ‘ओ’ थिएन उनीहरुमा हृदयघातसहित विभिन्न मुटुसँग सम्बन्धीत रोगहरुको खतरा ९ प्रतिशत बढी देखिएको थियो ।

अध्ययनमा ब्लड ग्रुप ‘ए’ र ‘बी’ को तुलना ब्लड ग्रुप ‘ओ’ सँग गरिएको थियो । जसमा ‘ओ’ ब्लड ग्रुप भएकाहरुको तुलनामा ब्लड ग्रुप ‘बी’ भएकाहरुमा मायोकार्डिअल इन्फ्रक्सन अर्थात् हार्ट अट्याकको खतरा १५ प्रतिशत बढी पाइएको थियो । त्यस्तै ब्लड ग्रुप ‘ओ’ को तुलनामा ‘ए’ ब्लड ग्रुप भएका मानिसहरुमा हार्ट फेलियरको खतरा ११ प्रतिशत बढी पाइयो । हुन त हार्ट फेलियर हार्ट अट्याक दुुबै मुटुरोगको रुप मात्रै हो । तर, हार्ट फेलियर विस्तारै विस्तारै हुन्छ जबकी हार्ट अट्याक अकस्मात हुन्छ । यस अवस्थामा हार्ट अट्याक केहि समयपछि हार्ट फेलियर हुने कारण बन्न सक्छ ।

युरोपियन सोसाइटी अफ कार्डियोलोजीका अनुसार ब्लड ग्रुप ‘ओ’ को तुलनामा बाँकी ब्लड ग्रुपमा हार्ट अट्याक वा हार्ट फेलियर हुनुको खतरा यसकारण बढी हुन्छ, किनकी ती ब्लड ग्रुप भएका मानिसहरुमा ब्लड क्लट अर्थात् रगत जम्ने सम्भावना बढी हुन्छ ।

सन् २०१७ मा गरिएको एक अध्ययनमा ब्लड ग्रुप ‘ओ’ बाहेक अन्य ब्लड ग्रुपमा नन–बीलब्रैन्ड अर्थात् ब्लड क्लट बनाउने प्रोटीनको कन्सट्रेसन यानी एकाग्रता बढी हुन्छ । त्यसकारण ब्लड ग्रुप ‘ओ’ नभएकाहरुमा हार्ट अट्याकको खतरा उच्च हुन्छ ।

अध्ययनका अनुसार ब्लड गु्रप ‘ए’ र ब्लड ग्रुप ‘बी’ भएका मानिसहरुमा थ्रोम्बोसिस अर्थात् रगतको ढिक्का बन्ने सम्भावना ४४ प्रतिशतभन्दा बढी हुन्छ । रगतका ढिक्काहरुले मुटुको कोरोनरी धमनीलाई ब्लक गरिदिन्छ र मुटुको मांसपेशीमा अक्सिजन र पोषक तत्त्व पुग्नबाट बञ्चित गरिन्छ । जसले हार्ट अट्याक हुन जान्छ ।

Last modified on 2021-03-15 09:41:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts