त्रिवि शिक्षण अस्पतालका डा. भण्डारीको टिमले गर्यो पहिलोपटक बच्चामा कलेजो प्रत्यारोपण



Download our app to get more features

काठमाडौं, १ चैत्र । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पहिलोपटक बच्चामा कलेजो प्रत्यारोपण गरिएको छ ।

कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले ११ महिने बच्चामा कलेजो प्रत्यारोपण गरेको हो ।

टिचिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो । डा. भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो । 

डा. भण्डारीले आफ्नो ट्वीटर ह्यान्डलमा प्रत्यारोपणबारे उल्लेख गरेका छन् । उनका अनुसार राति १२ बजे प्रत्यारोपण सकिएको हो । 

३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा. भण्डारीको ट्वीटमा उल्लेख छ ।

टिचिङमा गत वर्ष नै कलेजोको प्रत्यारोपण शुरू भएपनि कोरोना महामारीका कारण प्रत्यारोपण रोकिएको थियो । तर, पछिल्लो समय फेरी प्रत्यारोपण सुरु भएको छ ।

Last modified on 2021-03-14 10:15:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts