धनगढीको शैलेश्वरी फारवेस्ट टेक्नोलोजीमा विद्यार्थीद्वारा तालाबन्दी



Download our app to get more features

धनगढी, २९ फागुन ‌। धनगढीको शैलेश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी प्रालिमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

शैलेश्वरीमा ल्याब टेक्निसीयन अध्ययन गरिरहेका विद्यार्थीहरुले प्रयोगात्मक (ओजीटी) नगराएको भन्दै तालाबन्दी गरेको बताएका छन् । 

ल्याब टेक्निसीयन विषय पढिरहेका नरेन्द्र धामीले पटक–पटक व्यवस्थापनलाई जानकारी गराउँदा समेत वेवास्ता गरि आफूहरुको भविष्यमाथि नै खेलवाड गरेका भन्दै तालाबन्दी गरिएको बताए ।

उनले कलेजले माग सम्बोधन गरे मात्र तालाबन्दी खोल्ने जनाएको छ । 

तालाबन्दीका बेला हुनसक्ने कुनै नराम्रा गतिविधिको जिम्मेवारी समेत नलिने चेतावनी विद्यार्थीहरुले दिएका छन् । 

विद्यार्थीहरुका माग र तालाबन्दीको विषयमा शैलेश्वरी फारवेस्ट कलेज प्रशासनसँग साेध्दा सम्पर्क हुन सकेन ।

Last modified on 2021-03-13 16:32:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts